सदस्यहरुको सामाजिक आर्थिक विकासको लागि यस बैंकको लघुवित्त कार्यक्रममा सहभागि हुने सदस्यलाई निम्नलिखित आचारसंहिता पालना गर्न लगाउने निती अनुसार लागु गराउन जोड दिइनेछ :
अ) बालबालिकाहरुलाई नियमित विद्यालय पठाउनु पर्ने
आ) शौचालय निर्माण गरि प्रयोगमा ल्याएको हुनुपर्ने
इ) घर वरिपरी नियमित सरसफाई राख्नुपर्ने
इ) धुँवारहित भान्छाघरको व्यवस्था भएको हुनुपर्ने
उ) परिवारका अन्य सदस्यहरुसंग सुमधुर संबन्ध राखेको हुनुपर्ने
ऊ) गत छ महिनाको अवधिमा श्रीमान श्रीमति बिच झै–झगडा नभएको हुनुपर्ने
ए) सदस्यमा दिर्घकालीन रोग नलागेको हुनुपर्ने
ऐ) छरछिमेकी र आफन्तहरुसंग सुमधुर संबन्ध राखेको हुनुपर्ने
ओ) अन्य लघुवित्त संस्थाहरुबाट कर्जा नलिएको हुनुपर्ने
अं) परिवारको कुनै सदस्यलाई कानूनी मुद्दा मामिला नभएको हुनुपर्ने
अः) बैठकको समयमा आधा घण्टा वित्तीय कारोबार गर्ने र अर्को आधा घण्टा सामाजिक आर्थिक गतिविधीमा छलफल गर्नुपर्ने