“तपाईको सजिलो वित्तीय साझेदार” भन्ने मुल नाराका साथ ग्राहकहरुलाई छिटो, छरितो र सरल सहयोगीपुर्ण तवरबाट बैंकले सकेसम्म सेवा प्रदान गरीरहेको सम्पूर्ण सरोकारवालाहरुमा सर्व विदितै छ । यस अन्तर्गत बैंकले निम्नलिखित कुराहरुमा जोड दिएर बैंकको नारा बमोजिम सेवा प्रदान गर्दै आइरहेको छ:

क) जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ

यस अन्तर्गत बैंक जनताको घरदैलोमा पुगेर बचत, कर्जा, बैकिङ प्रविधि (मोबाइल बैकिङ, एस.एम.एस. बैंकिङ, आइ.पि.एस.), विद्यमान ऐन तथा नियमहरुका बारेमा वित्तीय साक्षरता सहित बैकिङ सेवा प्रदान गर्ने साथै संबन्धित स्थानहरुमानै गएर सामाजिक सूरक्षा भत्ता वितरण गर्न कोशिस गरिनेछ । 

ख) ग्राहकलाई समय सापेक्ष र उपयुक्त वित्तीय परामर्श

यस अन्तर्गत ग्राहकहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्थतन्त्र, वित्तीय तथा मौद्रिक नीति, संबन्धित व्यापार व्यवसायमा आधारित रहेर समय सापेक्ष तथा उपयुक्त वित्तीय परामर्श प्रदान गरिनेछ । यस्ता किसिमका परामर्शले ग्राहरुको व्यापार व्यवसायमा साथै व्यक्तिगत जिवनमा समेत वित्तीय व्यवस्थापन गर्न सहज हुनेछ भन्ने कुरामा बैंकले विश्वास राखेकोछ ।

ग) प्रविधिमा आधारित वित्तीय सेवा

यस अन्तर्गत बैंकले सदैव नयाँनयाँ प्रविधि प्रयोग गरि  वित्तीय सेवा सजिलोसंग घर तथा काम गर्ने थलोबाटै प्रयागे गर्न मिल्ने बनाउनेमा जोड दिनेछ । हालसालै बैंकले एम.आइ.सि.आर. चेक, मोबाइल बैकिङ सुविधा, कनेक्ट आइ.पि.एस. र कारोबारको जानकारी एस.एम.एस. मार्फत प्राप्त हुने जस्ता प्रविधमा आधारित सेवाहरु संचालनमा ल्याइसकेको छ साथै डेबिट कार्ड लगायत अन्य प्रविधियुक्त सुविधाहरु ल्याउनका लागि अध्ययन भइरहेको जानकारी समेत दिन चाहन्छौं ।

घ) दक्ष कर्मचारीहरुद्वारा वित्तीय सेवा

यस अन्तर्गत कर्मचारीहरुको क्षमता अभिबृद्धि भएमा बैंकले ग्राहकहरुलाई सजिलोसंग वित्तीय सेवा प्रदान गर्न सक्नेछन् भन्ने कुरमा विश्वास राख्दछ । यसका लागि कर्मचारीहरुका लागि धेरै भन्दा धेरै तालिम, विषयगत छलफल तथा अन्तर्क्रिया र परामर्श पाउने व्यवस्था मिलाईएको छ ।

ङ) २४ घण्टामै कर्जा प्रस्ताव संबन्धि निर्णय

बैंकले ग्राहकबाट कर्जाको लागि चाहिने संपूर्ण कागजात प्राप्त गरेपछि २४ घण्टा भित्र कर्जा प्रस्ताव संबन्धि निर्णय गर्ने व्यवस्था मिलाइएको छ । बैंकले कर्जा सम्बन्धी निर्णय गर्दा यसको आन्तरिक निती, निर्देशिका, नियमावली साथै नियमक निकायको निर्देशन र देशको संबन्धित ऐनहरुमा भएका व्यवस्थाहरु भने पुर्ण रुपमा पालना गर्नेछ । 

च) मुस्कान सहितको वित्तीय सेवा

बैंकमा मुस्कान सहित वित्तीय सेवा दिने संस्कार विकास गर्ने योजना लागु गरिएकोछ साथै ग्राहकहरुसंग भेटिदा छुटिदा संबन्धित ग्राहकको संस्कारसँग मेल खानेगरि अभिवादन (नमस्कार/दर्शन/सेवा/सेवारो/झोर्ले/ज्वजलपा/छ्याजलो/फ्याफुल्ला ...........) गर्ने संस्कारको विकास गर्ने निती रहेकोछ । यसो गर्दा ग्राहकहरु कारोवार गर्न आउँदा सजिलो महशुस गर्नेमा बैंकले विश्वास राखेको छ  ।