सालपा विकास बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को परिच्छेद ६ को दफा (४१) (१) तथा नेपाल राष्ट्र बैंकको ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशिका २०८१ को इ.प्रा. निर्देशन नं. २१/०८१ को (४) (१) र (४) (५) (क) र (ङ) मा भएको पुँजी वृद्वि संबन्धि नियमाकीय निर्देशन पालना गरी प्रदेशस्तरको विकास बैंकको लागि आवश्यक न्यूनतम चुक्ता पँजी पुर्याउनको  लागि Initial Public Offering (IPO) जारी गर्ने र त्यस पश्चात Right Share जारी गर्ने योजना बमोजिम आगामी वार्षिक साधरण सभामा विशेष प्रस्ताव अन्तर्गत Initial Public Offering (IPO) जारी गर्ने प्रस्ताव राखेकोमा केहिं Online Media हरुमा यो संबन्धि अध्ययन तथा वास्तविकताको जानकारी नलिई अन्य भ्रमपुर्ण समाचार छापिएकोमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । साथै यस बैंकको प्रमुख वित्तीय सूचकहरु – पुँजीकोष अनुपात, तरलता अनुपात, निक्षेप र कर्जाको अनुपात सहज अवस्थामा रहेको, शेयरको किताबी मूल्य रु १०० भन्दा माथि रहेको, विगत ३ आर्थिक वर्षमा निस्कृय कर्जा अनुपात ४ प्रतिशतभन्दा तल रहेको, आ.व. २०८०/८१ मा नाफामा रहेको जानकारी समेत सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं ।